JyotiBot अब अझै बढी गुणस्तरीय र प्रभावकारी

1.5K
shares

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई ध्यानमा राखी नयाँ नयाँ सुबिधा थप्दै जाने क्रममा व्थयतष्द्ययत लाई अझ बढी गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको छ ।

JyotiBot कार्यन्वयनमा ल्याए पश्चात कम्पनीका कर्मचारीले भौतिक रुपमा फ्रतिक्रिया दिने त्रम दिनानुदिन घट्दै गएको तथ्य सार्वजनिक गर्दै, प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले पहिले भन्दा अझ बढि गुणस्तरीय र प्रभावकारी सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरु लाई दिने विश्वास कम्पनीले लिएको छ ।

करिब छ महिना अघि संचालनमा ल्याएको व्थयतष्द्ययत ले विभिन्न कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाईल एपबाटै विभिन्न सेवाहरु, जस्तै बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, डाउनलोडहरु तथा अन्य सेवाहरुको जानकारी स्वचालित रुपमै दिदैं आएको र सोहि सुविधालाई अझ बढी सहज गराउनको लागि अनलाईन भुक्तानी, दाबी प्रकृया तथा बैदेशिक रोजगार सम्बन्धि अनलाईन लगइन सम्बन्धमा थप जानकारी पनि राखिएको र सेवाग्राही हरुले सोझै च्याट मार्फत आफ्ना बिवरणहरु जस्तै; सम्पर्क नम्बर, ठेगाना, इमेल, हकवालाको नाम, स्थाई लेखा नम्बर, बैङ्क खाता नम्बर, जन्म मिति अद्यावधिक गर्ने तथा लाईसेन्स नवीकरण सम्बन्धि जानकारी लिन सकिने साथै ग्राहकबर्गले च्याटबटको सुची बाहेक लेखेर सोधिएको प्रश्नहरु प्नि JyotiBot ले किवर्ड प्रोसेसिङ्ग गरि जिज्ञाशाको उत्तर प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी रुपले सेवा प्रदान उद्देश्यले JyotiBot को थप सुबिधा प्रारम्भ गरेको र निकट भविष्यमा अन्य सेवाहरु सम्बन्धि जानकारी दिने कुरामा आफ्ना सेवाग्राही, अभिकर्ता तथा अन्य सर्वसाधारण लाई बिश्वश्त हुन अनुरोध गरेको छ ।

civil hospital
Hams Hospitals