कर्जा बढ्यो, निक्षेप बढेन

Ghorahi cement

वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् ।

नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन लागेपछि पनि वाणिज्य बैंकहरूले कर्जा विस्तारलाई तीव्रता दिएका छन् । माघ महीनामा १२ अर्ब रुपैयाँले कर्जा बढाएका बैंकहरूले फागुनको २ सातामा १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । बैंकहरूले फागुन पहिलो साता ४ र दोस्रो साता ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा निक्षेप भने २ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ ।

तरलता अभाव कारण देखाउँदै फागुन महीनादेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए । वाणिज्य बैंकहरूले फागुनदेखि निक्षेपको अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याएका छन् । रेमिट्यान्सको रकमलाई यसमा थप १ प्रतिशत ब्याज दिन पाउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro