घलेगाउँ पर्यटकका लागि आकर्षक गन्तव्य, २१ बर्षमा भित्रिए २ लाखभन्दा बढी पर्यटक

2.6K
shares

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा आन्तरिक तथा बाहृय पर्यटकका लागि आकर्षक गन्तव्य हाे ।

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका तथ्यांकमा उल्लेख गरिएको छ । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।

घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालनमा रहेका छन् । २०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियाे । स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन् ।

आर्थिक वर्ष ०५७/५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन । पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन तथा चहलपहल पुरानै लयमा फर्किन थालेकाे छ ।

civil hospital
Hams Hospitals