नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड यसरी हेर्नुहोस्
वि.सं.२०७८ फागुन २४ मंगलवार
shares
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन २४ गते संस्थाको आईपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले सेयर हात पारेका हुन् । सोहीमध्ये २० कित्तासम्म आवेदन दिनेमध्ये ३ जनालाई थप १/१ कित्ता गरि कूल ३ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
उक्त आईपीओमा २६ लाखभन्दा बढीले आवेदन दिएका थिए । जसमध्ये २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्रै रितपूर्वक आवेदन दिएका थिए भने ४ हजार १४६ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार क्यापिटलले आईपीओ बाँडफाँड गरेको ३० मिनेटको अवधिमै लगानीकर्ताले मेरो सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्नसक्नेमेरो सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्नसक्ने छन सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्नसक्ने छन् । सो अनुसार सिडिएससीले व्यवस्था मिलाएको उनले बताए । यससँगै सर्वसाधारणले सिडिएससीको आईपीओ रिजल्ट र संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइटबाट आफ्नो नतिजा हेर्न सक्ने छन् ।
संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्वसाधारणमा जारी गरेको थियो ।































