मेलम्ची र हेलम्बु बाढीपीडित संरक्षणमा पहिलो चरणमा ४ करोड रकम विनियोजन

15.8K
shares
Nabil bank

मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेकोे छ । भु तथा जलाधार संरक्षण कार्यक्रम अन्तरगत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो । बाकि ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । सिन्धुपाल्चोकब निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।

अकल्पनीय मेलम्ची÷इन्द्रावती बाडि पश्चात् बाडि पिडितहरूको मुहारमा खुसी झल्काउने गरि मेलम्ची÷ इन्द्रावती नदि नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बु देखि ढाँडखोलासम्म ३१ वटा योजना समावेश सहित ४ करोड विनियोजन भएकोमा वाडि प्रभवित समेत रहेका नेकपा माओवादि जिल्ला कमिटि सदस्य सिपि दुलालले बताए ।

गत पुष २६ गते पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावितको तत्कालिन र दीर्घकालिन योजनाको बारेमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सरकार संचालन संयोजक समेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै यहाँको अस्थायी संरक्षण र दीर्घकालिन योजनाका बारेमा छलफल गरेका थिए ।

गत असारमा आएको बाढीबाट प्रभावितहरुसँग दुलाल प्रत्यक्ष सरोकार राख्दै अघि बढिरहेका छन् । बाढी आउनेबित्तिकै सो क्षेत्रमा पुगेर दुलालले आफ्नो सक्रियता देखाएका थिए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा मेलम्ची बाढीबाट प्रभावितको लागि तत्कालिन योजना बनाउन उनले अर्थमन्त्री जमरकट्टेल समक्ष लिखित निवेदन नै गरेका थिए । मेलम्ची बाढी प्रभावित क्षेत्रको संरक्षणका लागि तत्काल आवश्यक बजेट बिनियोजन गर्ने मुख्यमन्त्री र अर्थमन्त्रीले सांसद दुलाललाई प्रतिबद्धता व्यक्त गर्नु गरेका थिए ।

मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पुर्याएको प्रभावित क्षेत्रको संरक्षण हुने भएपछि वाढि प्रभावित खुसि भएका छन् ।

स्रोत : राेडियाे मेलम्ची

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x