धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबिभ्यालीमा पहिलो पटक बस सेवा सञ्चालन
वि.सं.२०७८ फागुन २६ बिहीवार
2.6K
shares
shares
धादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबिभ्यालीमा पहिलो पटक बस सेवा सञ्चालन भएको छ ।
साना जिप र आइचर ट्रकहरु मात्रै सञ्चालन भएको उक्त क्षेत्रमा बस सेवा सुरु भएपछि स्थानीयहरुमा खुसी छाएको छ । नियमित बस सेवा सञ्चालन भएपछि सदरमुकाम धादिङबेसी र काठमाडौँ सम्मको यात्राका लागि स्थानीयहरुलाई सहज भएको छ ।
धादिङ मण्डली यातायात प्रालिद्धारा सञ्चालन हुने ग १ ख ७७४५ नम्बरको बस चालक मधु गुरुङले रुबिभ्याली पुर्याएका थिए ।
बोराङ देखि धादिङ बेसी सम्मको बस भाडा ९ सय २५ र बोराङ बाट काठमाण्डौँ सम्मको बस भाडा १ हजार १ सय ५० गरिएको र बस छुट्ने समय बिहान ७ः३० बजे रहेको तामाङले बताउनु भयो ।






























