सुनकाे मूल्य बढ्यो, कत्तिमा हुँदैछ काराेबार
वि.सं.२०७८ फागुन २९ आइतवार
26.8K
shares
shares
नेपाली बजारमा सुनको मूल्य आज २ सयले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































