घट्यो सुनकाे मूल्य, कत्तिमा हुँदैछ किनबेच?
वि.सं.२०७८ चैत १ मंगलवार
1.1K
shares
shares
नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा १८ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































