घाम र पानीकै भरमा बॉच्न सकिन्छ भन्ने अनुसन्धानकर्ताको मृत्यु
वि.सं.२०७८ चैत २ बुधवार
shares
नयाँ दिल्ली । घाम र पानीकै भरमा बॉच्न सकिन्छ भनेर प्रमाणित गरेर देखाउने भारतीय अनुसन्धानकर्ताको मृत्यु भएको छ।
घाम र पानी मात्रै पिएर २११ दिनसम्म भोकभोकै बसेका भारतको गुजरात प्रदेशका हिरा रतन मानेकको ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनले घाम र पानीकै भरमा बॉच्न सकिन्छ भन्ने प्रमाणित गरेर गिनिज बुकमा नाम लेखाएका हुन।
सन् १९९५ मा भारतको गुजरात प्रदेशमा २११ दिनसम्म भोकभोकै बसेका मानेकले सन् २००१ मा अहमदाबादमा ४११ दिन थप भोकभोकै बसेर अर्को रेकर्ड राखेका थिए।
उनले आफ्नो जिवनमा लगभग २० वर्षसम्म सोलिड खाना समेत परित्याग गरे।
अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले बोलाएर उनीमाथि अनुसन्धान समेत गरेको थियो। अन्तरिक्ष यात्रीहरूले उनीबाट प्रशिक्षण लिएका थिए।
सयभन्दा बढी देशको भ्रमण गरेका मानेकको ‘सनगेजिङ’ नामक पुस्तक पनि प्रकाशित छ।
उनले विभिन्न विश्वविद्यालयमा पुगेर सेमिनार र प्रशिक्षण दिए भने भारतीय सौर्य ऊर्जा समाजको सदस्य पनि थिए।
मानेक बच्चैदेखि सूर्यपुजक थिए। ‘सोलार हिलिङ टेक्निक’बाट मानेकले आफ्नो शरीरलाई प्रयोगशालामा परिणत गरी सूर्यबाट पाइने ऊर्जा र पानी मात्रै पिएर मानिसले स्वस्थ जीवन जिउन सक्छ भन्ने कुरा संसारलाई सफलतापूर्वक प्रमाणित गरेर देखाए।
सूर्यलाई हेर्ने विधी जसलाई पछि ‘एचआरएम फेनोमेनन’ नाम दिइयो। यो विधिमा सूर्योदयको एक घण्टा वा सूर्यास्त हुनुभन्दा एक घण्टा अगाडि सूर्यलाई नाङ्गो आँखाले हेर्ने गरिन्छ।
सुरुमा गाह्रो भए पनि ७ महिनासम्म लगातार अभ्यास गरेमा आधा घन्टासम्म सूर्यलाई प्रत्यक्ष हेर्न सकिन्छ भन्ने मानेकले प्रमाणित गरे। नवौं महिनासम्ममा शरीर सौर्य ऊर्जाको भण्डार बन्ने र खानाबिना पनि बाँच्न सक्ने उनको तर्क थियो। एजेन्सी































