Banner ad for NADA AUTO SHOW -2026

नेपाल टेलिकमले होलीका अवसरमा विषेश अफर

1.4K
shares

काठमाडौं । नेपाल टेलिकमले होलीका अवसरमा विषेश अफर ल्याएको छ । टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ । यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यो अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

civil hospital
Hams Hospitals