बबी देओल, मनिषा कोइरालाको ‘गुप्त’को सिक्वेल चर्चामै सीमित

15.2K
shares
Nabil bank

बबी देओल पछिल्लो समय अभिनयमा सक्रिय भइसकेका छन्। हाउसफुल ४ र रेस ३ जस्ता फिल्ममार्फत अभिनय कमब्याक गरेका बबीलाई आश्रम सिरिजले चर्चामा ल्यायो।

हालै उनको अभिनय रहेको ‘लभ होस्टेल’ मा पनि उनको कामको प्रशंसा भयो। यद्यपि बबी आफूलाई फिल्ममै सफल बनाउन चाहन्छन्। हाउसफुल ४ सफल भए पनि रेस ३ भने चर्चामा मात्र सीमित भयो।

फिल्ममा सफलता खोजिरहेकै समयमा बबी अभिनित सफल फिल्म ‘गुप्त’ को सिक्वेल बन्ने चर्चा चलेको छ।

‘दुनियाँ हसिनोको मेला’ बोलको गीतका कारण निकै चर्चामा आएको फिल्ममा बबीसँगै काजोल र मनिषा कोइरालालगायतको अभिनय थियो । फिल्मको सस्पेन्सलाई दर्शकले निकै रुचाएका थिए। अब यसै फिल्मको सिक्वेल बन्ने चर्चा हुन् थालेको छ। गुप्तकै निर्देशक राजीव रायले फिल्मलाई निर्देशन गर्ने चर्चा छ।

उनले एक अन्तर्वार्ताको क्रममा सिक्वेलको आइडिया आएको बताएका थिए। ‘मलाई आइडिया आइसकेको छ, तर यसलाई फाइनल गर्न बाँकी छ,’ निर्देशक रायले भने, ‘बबीलाई फिल्म लिने पक्का छ अरु कास्ट फाइनल हुनेछ।’ फिल्मलाई अगाडीकै झैँ यसपटक पनि दर्शकले थ्रिल महसुस गर्ने उनको भनाइ थियो । यद्यपि फिल्मको औपचारिक रूपमा कुनै घोषणा भएको छैन।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x