नेपाल आइडल–४ का विजेता बने भुपेन्द्र थापा मगर
वि.सं.२०७८ चैत ५ शनिवार
31.8K
shares
shares
काठमाडौं। भुपेन्द्र थापा मगर नेपाल आइडल–४ का विजेता बनेका छन् । टप ३ मा नामगेल तामाङ, भुपेन्द्र थापा मगर र रञ्जित नेपाली परेका थिए।
अन्ततः भुपेन्द्रले नेपाल आइडलको यस सिजन जित्न सफल भएका हुन्। भुपेन्द्रले ३० लाख रुपैयाँ र एउटा स्कुटर उपहार पाए।
प्रतियोगितामा तेस्रो स्थान हात पार्न रञ्जित नेपाली सफल हुँदा दोस्रो नाम्गेल तामाङ भए । रञ्जितले ३ लाख रुपैयाँ र स्कुटर हात पारे। नाम्गेलले भने एउटा स्कुटर र ५ लाख रुपैयाँ पुरस्कार पाए।
यसअघि नेपाल आइडल–१ को विजेता वुद्ध लामा, दोस्रो सिजन रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाई विजेता बनेका थिए।
Subscribe
0 Comments
Oldest
































