सानिमा बैंक अब सिराहाको मिर्चैयामा

15K
shares
Nabil bank

सानिमा बैंक लिमिटेडलेे मिति २०७८ चैत्र ९ गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठज्यू र श्री हरिवंश आचार्यज्यू (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गर्नुभयो । 

समुद्घाटन् समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x