१ रुपैँयामा क्यान इन्फोटेक मेला अवलोकन गर्न सकिने

2.6K
shares

काठमाडौं । आगामी २०७९ साल बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड–१९ का कारण स्थगित भएको थियो ।

गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको छ । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको छ । २७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको छ भने सहप्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

विगतका वर्षहरूमा साधारणतया पुस, माघ, फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोभिड–१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुदैछ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

civil hospital
Hams Hospitals