सीवाइसी नेपाल लघुवित्तको आइपीओ खुल्ला

21.5K
shares
Nabil bank

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आज (१० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता साधरण सेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयरमध्ये ६ हजार ८२ कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा वैैशाख ६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ बाँडफाँटपछि १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x