सवारी कारबाहीबाट २ करोड राजस्व संकलन
वि.सं.२०७९ वैशाख ७ बुधवार
shares
चितवन । चितवन ट्राफिक प्रहरीले सवारीसाधनको कारबाहीबाट २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा जिल्ला ट्राफिक कार्यालय, चितवनले २ करोड ३२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
सो अवधिमा २४ हजार ४६४ ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्यांक छ ।
कार्यालयका अनुसार ९ महीनामा ६ हजार ५७६ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकलबाट मात्रै ५५ लाख १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै १ हजार १७६ ट्र्याक्टरको कारबाहीबाट ११ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयको तथ्यांक छ । सो अवधिमा ५ हजार ५९३ जीप, कारको कारबाहीबाट ५२ लाख ३ हजार रुपैयाँ राजस्व असुली भएको छ ।
कार्यालयका अनुसार ४ हजार ६४९ ओटा ट्रक/टिपरको कारबाहीबाट ५० लाख २५ हजार रुपैयाँ संकलन गरिएको छ । त्यस्तै ३ हजार १०९ माइक्रो बस/बसको कारबाहीबाट २८ लाख ७८ हजार ५०० रुपैयाँ र टेम्पो तथा अन्य सवारीसाधनको कारबाहीबाट २५ लाख ७३ हजार रुपैयाँ राजस्व असुली भएको ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख धर्मबहादुर अधिकारीले बताए । आर्थिक अभियानमा समाचार छ ।



























