काठमाडौंको नयाँ बजारमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ सदस्य सुविधा काउन्टर

44.7K
shares
Nabil bank

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट सोमबारबाट कारोबार शुरु गरेको हो ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको शेयर सदस्यहरुलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टरको उद्घाटन गरेको बताउनुभयो । उहाँले भन्नुभयो–हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन काठमाडौंको नयाँ बजारका सातौँ सदस्य सुविधा काउन्टर स्थापना गरेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत भण्डारीले नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताउनुभयो । उहाँले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडी बढाउँदै लैजाने बताउनुभयो ।

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।

 

प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरू उपलब्ध गराएको जानकारी गराउनुभयो । संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ ।

 

विसं २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था बागमती प्रदेशको उत्कृष्ट सहकारी हो ।

 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.र कलेज र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।

 

संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रूपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ ।

सस्थाले निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप ५ स्थानमा थप सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारीमा छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x