चर्चित गायक प्रमोद खरेल दुर्घटना परे

काठमाडौं । चर्चित गायक प्रमोद खरेल दुर्घटनामा परेका छन् । दाङमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार दुर्घटनामा परेको हो ।

बुधबार साँझ काठमाडौँबाट नेपालगञ्ज जहाजमा पुगेर तुलसीपुर र दाङमा हुने कार्यक्रमको लागि राती १ बजे बास बस्नका लागि होटलमा जाँदै गर्दा गायक खरेल सवार कार दुर्घटनामा परेको जानकारी दिएका छन् ।

उनले आफ्नो दुर्घटनाको विषयमा जानकारी दिँदै सामाजिक संजालमा स्टाटस लेखेका छन् ।

एउटा अर्को युद्ध जीन्दगी सँग

काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ ।

दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनट कहॉ बाट आए कहॉ छु पत्तै पाइन। गाड़ी को Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो ।

 

राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु ।

 

आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन 🙏

Shangri-la Development Bank Ltd.
Nepali patro