Banner ad for NADA AUTO SHOW -2026

शेर्पालाई कोरियन सरकारद्धारा अल्पाइन फेडेरेशनको नेपाल प्रतिनिधि नियुक्त

3K
shares

काठमाडौं।नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेपालार्ई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ । कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।को रियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामा उनको सरकाले नेपालको लियजन अफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि शेर्पालाई यो प्रमाणपत्र दिइएको हो । सियोलमा आयोजित कार्यक्रममा कोरियन अल्पाइन फेडरेशनका अध्यक्ष डा.सोन जुङ होले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा शेर्पा दम्पति ङावा ङिमा शेर्पा र राजेश्वरी शेपालाई सम्मान गरिएको थियो । सन् १९९५ देखि कोरियन पर्यटक तथा पर्वतारोहीसँग काम गर्दै आउनु भएका शेर्पाले अब नेपालस्थित सम्पर्क कार्यालयको अध्यक्षको हैसियतमा कोरियाबाट नेपाल आउने पर्वतारोहीहरुको समन्वय र सम्पर्क लगायतको जिम्मेवारी बहन गर्नु हुनेछ ।

सम्मान पछि प्रतिक्रिया दिँदै शेर्पाले कोरियन सरकारबाट प्राप्त यो जिम्मेवारी र सम्मान सम्पूर्ण नेपाल र नेपालीप्रति गरिएको सम्मान भएको बताउनु भयो । उहाँले नेपालमा कोरियन पर्यटक भित्र्याउन आफुले सक्दो पहल गर्ने समेत बताउनु भयो । शेर्पालाई कोरियन नागरिकलाई नेपालमा सेवा र सहयोग गरेकोमा उत्कृष्ट कार्य समपादनबापत कोरियाको देइजोन नगरपालिकाले सफल कार्य समपादन सम्मान २०१८ बाट सम्मान गरेको थियो ।

अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा शेर्पाले अध्यक्षका रुपमा रहँदा कोरियाबाट आउने आरोहीहरुसँग सम्पर्क तथा समन्वय गर्नु हुनेछ । हिमाल चढ्न जाने आरोहीले पनि यहिँबाट अनुमति लिएर अन्य प्रक्रिया सुरु हुनेछ । यस्तै नेपालबाट खेलकुदका कार्यक्रम लिएर नेपाली टोली कोरिया जाने क्रममा पनि सोही कार्यालयमा समन्वय गर्नुपर्ने शेर्पाले जानकारी दिनुभयो । कोरियन अल्पाइन फेडरेशनले कोरिया सरकारको खेलकुद र पर्वतारोहण सम्बन्धी अधिकांश कामको अनुमति दिने सरकारी एजेन्सीका रुपमा काम गर्छ । कोरियन पर्यटकहरु लक्षित सोरा ट्राभल्स एण्ड टुर्स र सियोल जीब कोरियन रेष्टुरेन्टका सञ्चालकसमेत रहेका शेर्पाले कोरियाबाट नेपाल आउने उच्चस्तरीय प्रतिनिधिमण्डलको समन्वय गर्दै आउनु भएको छ । यस्तै सोरा एड्भन्चर ट्रेक्स एण्ड एस्पिडिसनका सञ्चालक शेर्पा सन् २०१९ देखि सियोल नेशनल युनिभर्सिटीको नेपाल प्रतिनिधि समेत हुनुहुन्छ ।

civil hospital
Hams Hospitals