बालेनको चस्माले बजारको माग धान्न गाह्रो
वि.सं.२०७९ जेठ ६ शुक्रवार
shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) अहिले चर्चित पात्रका रूपमा देखिएका छन् । स्ट्रकचरल इन्जिनियर तथा चर्चित र्यापरको रूपमा परिचित बालेन काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि थप चर्चित बने ।
निर्वाचन हुनु अगावै उनलाई चर्चित हुनुमा उनको चस्माको भूमिका महत्वपूर्ण रह्यो । धेरैले उनको चस्माको तारिफ गरे भने अधिकांशले चस्माको आलोचना समेत गरे । तर, उनले ती सबै कुराहरूलाई सहर्ष स्वीकार गर्दै स्वतन्त्र उम्मेदारीको मैदानमा होमिए । अहिले उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई पछि पार्दै अगाडि बढिरहेका छन् ।
अहिले बजारमा बालेनको जस्तै चस्मा खोज्ने ग्राहकको भीड लागेको व्यापारीहरू बताउँछन् ।
यो चस्माको मूल्य ७ सय देखि ३ हजार २ सय रूपैयाँसम्ममा बजारमा पाइन्छ। जुन रातो, सेतो, कालो तथा गोल्डेन रङ्गमा पनि पाईन्छ ।
































