Banner ad for NADA AUTO SHOW -2026

हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

1.7K
shares

सरकारले हरेक घर : ऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गरी हरेक घर : ऊर्जा घरको अवधारणा ल्याएको हो।

उक्त अवधारणामा ऊर्जा दक्षता कार्यक्रम र घरको छानामा राखिने रूफटप सौर्य ऊर्जालाई ‘नेट मिटरिङ तथा नेट पेमेन्टको आधारमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने उल्लेख छ। तर, अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन। पाइलट प्रोजेक्टका रूपमा केही संस्था र एकाध निजी घरको सौर्य ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए तापनि यसलाई गति दिइएको छैन। आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals