आज हावाहुरीसहित वर्षाको सम्भावना
वि.सं.२०७९ जेठ ९ सोमवार
36.9K
shares
shares
काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।
दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक(दुई वर्षाको सम्भावना छ । त्यस्तै मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।






























