‘कबड्डी ४–द फाइनल म्याच’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै, होला त काजीको बिहे?

Ghorahi cement

काठमाडौं। कबड्डी चलचित्र सेरिजको अन्तिम फिल्म ‘कबड्डी ४–द फाइनल म्याच’लाई नेपाली दर्शकहरुले बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन्।

असफल प्रेमी काजीको भूमिकामा दयाहाङ राईलाई कबड्डी सेरिजमा खुबै रुचाइएको छ।

अन्तिम चलचित्रमा काजीले प्रेमी पाउँछन् कि पाउँदैन्, उनको बिहे हुन्छ कि हुँदैन भन्ने दर्शकहरुको जिज्ञासा छ। तर जिज्ञासा मेट्न भने चलचित्र नै हेर्नुपर्ने हुन्छ।

 

यो चलचित्र जेठ १३ अर्थात् यसैहप्ताको शुक्रबारदेखि नेपालभर प्रदर्शन हुँदैछ।

 

 

यस चलचित्रको टिकट बुकिङ सोमबारदेखि नै खुला भइसकेको छ।

 

‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन्।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ।

Nepali patro