मिरुनाले माफी माग्नुपर्ने भन्दै लामा समुदायद्वारा विरोध प्रदर्शन, च्याते फिल्म पोस्टर

Ghorahi cement

काठमाडौं। कबड्डीः द फाइनल म्याचकी अभिनेत्री मिरुना मगरको व्यापक आलोचना भएको छ।

आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मिरुनाले लामा समुदायका एक व्यक्तिलाई झापड हानेर प्रहरीमा बुझाएपछि उनको विरोध भएको हो।

यतिबेला सामाजिक सञ्जालदेखि सडकमा मिरुनाको आलोचना भइरहेको छ।

लामा समुदायले आज काठमाडौंको केएल टावर अगाडि निर्दोषलाई आरोप लगाएको भन्दै मिरुनाले माफी माग्नुपर्ने र पक्राउ परेका लामा रिहा हुनुपर्ने बताएका छन्।

त्यहाँ उनीहरुले कबड्डी चलचित्रको पोस्टर पनि जलाएका थिए। आइतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा अभिनेत्री मिरुना मगरलाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए।

आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको हो।

मिरुनाका अनुसार ती लामाका भेषमा रहेका फुर्वाले अस्वभनीय रुपमा पिठ्युमा पक्रिएका थिए।

Shangri-la Development Bank Ltd.
Nepali patro