नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा, गोल्ड स्टारका सोरुममा आर्कषक छुट

काठमाडौँ । नेपाल टेलिकमको नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा प्रारम्भ गरेको छ ।

 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनमा आएको हो ।

 

सेवा संचालसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका विभिन्न व्यापार व्यबसायीहरुलाई भुक्तानी दिन सकिने कम्पनीले बताएको छ ।

 

साथै, हालसम्म पनि नमस्ते पेको स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरुले नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सकिनेछ ।

 

यस्तै, नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (रु ३००) सम्म आर्कषक छुट प्राप्त गर्न सक्नेछ ।

 

साथै, भबिस्यमा स्मार्ट क्यूआर भुक्तानी मा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क संचालक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेड ले संयुक्त रुपमा जानकारी दिएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro