ओली हुँदा १०२ रूपैयाँको पेट्रोल देउवाको पालामा १८०: भट्टराई

Ghorahi cement

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पछिल्ला समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा सरकारको आलोचना गरेका छन्।

वर्तमान सरकार गैरजिम्मेवार हुँदा १५ दिनमै दुईपटक इन्धनको मूल्यवृद्धि भएको भट्टराईको आरोप रहेको छ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा प्रतिलिटर पेट्रोलको मूल्य १०२ भएको र यतिबेला शेरबहादुर देउवाको नेतृत्वको सरकार हुँदा पेट्रोलको मूल्य १८० रूपैयाँसम्म पुगेको पनि उल्लेख गरे।

 

उनले भनेका छन्,‘केपी ओली प्रधानमन्त्री रहँदा पेट्रोलको मूल्य १०२ रूपैयाँ थियो, देउवाको पालामा हिजो १० रुपैयाँ घटेपछि १७० पुगेको छ। डिजेलको मूल्य ८८ थियो १६३ पुगेको छ। १ हजार ४२५ रहेको ग्यासको मूल्य १८ सय हुन पुगेको छ। बजारमा ८४ रूपैयाँ रहेको चिनीको मूल्य होलसेलमै ९९ पुगेको छ। तिहारसम्म चिनीको मूल्य १३० पुग्छ भन्ने आइरहेको छ।’

Nepali patro