‘छक्का पञ्जा’लाई पछार्दै नेपालको सर्वाधिक कमाइगर्ने चलचित्र बन्यो ‘कबड्डी–४’
वि.सं.२०७९ जेठ २४ मंगलवार
20.3K
shares
shares
काठमाडौं। जेठ १३ गते रिलिज भएको चलचित्र ‘कबड्डी ४–द फाइनल म्याच’ सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बन्न सफल भएको छ।
रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै यो चलचित्र सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो।
आइतबारसम्म यसले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको हो।
यसअघि ‘छक्का पन्जा– ३’ ले १६ करोड कमाएको थियो।
पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको फिल्मले आइतबारसम्म १७ करोड कमाएको जानकारी वितरक गोविन्द शाहीले दिएका हुन्।
Subscribe
0 Comments
Oldest
































