जि:बब र बुबाआमाबीच भयो ३ बुँदे सहमति

Ghorahi cement

काठमाडौं । र्यापर सुदिप भण्डारी उर्फ जिःबब र आमाबुबाबीच ३ बुँदे सहमति भएको छ।

आफूलाई आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै जी:बबले पत्रकार सम्मेलन गरेको भोलिपल्ट परिवारसँग सहमति भएको हो।

सहमतिको पहिलो बुँदामा जी:बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ।

 

दोस्रो बुँदामा केही समयको लागि जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने उल्लेख छ।

 

तेस्रो बुँदामा भने कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा-बुवाको सहमति लिनुपर्ने उल्लेख गरिएको छ।

Nepali patro