यी क्षेत्रमा मेघगर्जन र चट्याङ्ग बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह
वि.सं.२०७९ असार १ बुधवार
shares
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
त्यस्तै, वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्नसमेत मौसमविद्को आग्रह छ ।
आज बधुबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।































