प्रेम आले संस्कृति मन्त्री कि ‘छाडा मन्त्री’?

काठमाण्डौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा(एकिकृत समाजवादी)को कोटाबाट मन्त्री बनेका प्रेम आले राम्रो भन्दा नराम्रा हर्कतलेनै बढी चर्चामा छन्।

आले पर्यटनमन्त्री मात्रै होइनन् संस्कृतिमन्त्री पनि हुन। उनका अगाडी सभ्य संस्कृतिको संरक्षण र नयाँ संस्कृति निर्माणको दायित्व छ। तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पदमा बसेर आलेले एकपछि अर्को गर्दै आफ्नै बेइज्जत गर्ने हर्कत प्रदर्शन गर्न थालेका छन्।

शुक्रबार अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको एउटा अडियोपछि त आलेलाई ‘छाडा मन्त्री’को संज्ञा दिइन थालेको छ। सामाजिक सञ्जालमा आले आलोचनाको सिकार बनेका छन्।

 

आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई कार्यकक्षमै बोलाएर छाडा गाली गलौज गर्दै हातपात गरे। सार्वजनिक अडियोमा आलेले गरेको गालीको हर्कत प्रष्टै सुन्न सकिन्छ। जुन सम्य समाजका लागि सुन्न लायक छैन।

 

मन्त्री आलेले आफ्नै मन्त्रालय मातहतको नेपाल एयरलाइन्सका अध्यक्षमाथि किन अश्लिल आक्रमण गर्न पुगे? बिषयबस्तु जे सुकै भएपनि आलेको शैली निन्दा गर्न लायक छ। आलेले सुध्रने मौका नपाएका होइनन्। यसअघि पनि उनले एक युवकलाई फोनमा अश्लील शब्द प्रयोग गर्दै गाली गरेको अडियो सार्वजनिक भएको थियो।

 

अछाम घर भई भारतको मुम्बईमा काम गर्ने जगत वलीलाई आलेले अश्लील गाली गर्दै धम्की दिएका थिए।आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएका थिए।

 

सो अडियोपछि पार्टीभित्रैबाट आलेमाथि अनुशासनको कारवाही र मन्त्रीबाट राजीनामा हुनुपर्ने माग उठेको थियो। तर, माधव नेपाल नेतृत्वको पार्टीमा पावरफुल पोजिशन बनाएका आलेको अगाडि पार्टी कार्यकर्ताको आवाजको केहि चलेन। बिषयबस्तु सामसुम नै गरिया र उनको सचिवालयले विज्ञप्ति जारी गर्दै आलेको बचाउ गर्यो।

 

आलेले फेरि पनि अश्लिल हर्कत देखाउँदै जाँदा नेकपा एसका अध्यक्ष माधव नेपाल सामु उनलाई मन्त्रीमा टिकाइराख्नपार्नु नैतिकता छैन। भने प्रधानमन्त्री देउवालाई मन्त्री आलेलाई तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने दबाब पार्टीभित्रैबाट बढेको छ।

 

उनको अभिब्यक्तिको बिषयले प्रतिनिधिसभामा पनि प्रवेश पाएको छ। शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेकपा (एमाले)का सांसद झपट रावलले विवादित मन्त्री आलेलाई ‘गाली शिरोमणी’ को पदकले बिभुषित गर्नुपर्ने भन्दै कटाक्ष गरे।

यो प्रसंग मात्रै नभई सामाजिक संजालमा आलेका यस्ता हर्कतका थुप्रै ट्रोल नै बनिसकेका छन्। पछिल्लो अडियोसँगै आलेमाथि उनको पार्टीले अब कस्तो ‘एक्शन’ लिन्छ भन्ने हेर्न बाँकी छ।

हुन त यसअघि नै मन्त्री आलेलाई सरकारबाट फिर्ता आउन अध्यक्ष माधव नेपालले निर्देशन दिएका थिए। तर, पार्टी अध्यक्षको निर्देशननै नटेरेको आलेमाथि आरोप छ। मन्त्री हेरफेर गर्ने निर्णय गरिसकेको नेकपा एसले अब आलेलाई फिर्ता बोलाउनै पर्ने बाध्यता आइलागेको छ।

मन्त्री आलेको बिगतको रेकर्ड पनि गतिलो छैन। एमालेमा हुँदै काठ तस्करीको आरोप खेप्दै आएका आलेले मन्त्री हुने पक्का आश्वासन पाएपछि माधव नेपालको पार्टी रोजेको चर्चा हुन्थ्यो। जुनकुरा पछि गएर पुष्टि नै हुन पुगेको छ।

आले आफ्नो अभिव्यक्तिका कारण विगतदेखि नै विवादित छन्। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला वनमन्त्री बनेका आले ‘कार्वनडाइअक्साइड मन्त्री’को नामले भाइरल नै भए। त्यसपछि पनि उनी निरन्तर यस्र्तै विवादमा तानिरहे।

पशुपतिनाथको आर्यघाटमा शव जलाउन दाउरा अभाव हुन नदिने भन्ने अभिव्यक्ति पनि उस्तै विवादित बनेको थियो । सुन्दा पनि पचाउनै नसक्ने शब्द बोल्ने संस्कृति मन्त्री बोल्दा के बोलेँ त्यो पनि भेऊ पाउनन्न्। वतास प्रकरणमा चर्चा कमाएका मन्त्री आलेमाथि यसअघि क्यासिनोको लाइसेन्स बितरणमा घुस असुली गरेको आरोप लागेको थियो। आलेले गुण्डा नाइकेलाई समेत क्यासिनोको लाइसेन्स दिएका थिए।

यति विवादित हुँदा पनि उनी लगातार मन्त्री बनिरहन्छन् त्यो बिषय भने अनौठो छ। आलेले यतिहुँदासम्म राजीनामा दिइसक्नुपर्ने हो तर उनले राजीनामा त कता हो कता सानसंग बिभिन्न कार्यक्रममा सहभागी हुने, सम्बोधन गर्ने र सम्मान खाने काम गरिरहेका हुन्छन्।

पछिल्लो प्रकरणसँगै ‘छाडा मन्त्री’को संज्ञा पाइसकेका आलेलाई मन्त्रीमा जोगाइराख्न अब प्रधानमन्त्री देउवालाई पनि नैतिकताले दिँदैन। विश्वस्त श्रोतका अनुसार नेकपा (एस)का अध्यक्ष नेपालको सिफारिसमा देउवाले चाँडै आलेलाई मन्त्रिमण्डलबाट बिदा गर्ने तयारी गरेका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro