सुनको मूल्य बढ्यो
वि.सं.२०७९ असार ६ सोमवार
18K
shares
shares
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले बृद्धि भएको छ भने चाँदी स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९७ हजार ७०० रुपैयाँ पुगेको हो ।
यसैगरी यसअघि प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई भने आज प्रतितोला ९७ हजार २०० रुपैयाँ पर्नेछ । त्यस्तै, चाँदीको भाउ भने आज स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा नै कारोबार भएको छ ।
Subscribe
0 Comments
Oldest






























