प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच सम्झौता, लजिङ्ग सुविधामा १५ प्रतिशत छुट
वि.सं.२०७९ असार ७ मंगलवार
15.8K
shares
shares
काठमाडौँ । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिकाबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
बैकका ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा मणिग्राम विश्राम वाटिकाबीच सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौँतामा बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
Subscribe
0 Comments
Oldest






























