काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
वि.सं.२०७९ असार १० शुक्रवार
shares
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजाररुपैयाँको बजेट ल्याएको छ।
उपमेयर सुनिता डंगोलले नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आय ११ अर्ब ९५ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ। यससँगै बैंक मौज्दातसँगै गरी कूल १६ अर्ब ८० करोड आम्दानी हुने अनुमान छ।
संघ र प्रदेश सरकारबाट महानगरको संचित कोषमा २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ जम्मा हुनेछ।
स्थानीय संचित कोषबाट खर्च हुने बाहेक आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरिएको छ। जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ।
कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि खर्च ४ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ। जुन कुल बजेटको २०.९६ प्रतिशत हुन आउँछ।
महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैया छुट्याइएको छ। जुन कुल बजेट ४९.५७ प्रतिशत हो।






























