पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । सरकारले पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाएको छ ।

शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । अब डीजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro