विश्वकप क्रिकेट लिगः नेपालले स्कटल्यान्डलाई हरायो

14.1K
shares
Nabil bank

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई हराएको छ।

नेपालले एकदिवसीय खेलमा स्कटल्यान्डलाई हराएको यो पहिलो पटक हो।

नामिबिया, नेपाल र स्कटल्यान्डबीचको एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डलाई बुधबार ५ विकेटले पराजित गर्‍यो।

 

घरेलु टिम स्कटल्यान्ड दिएको १४५ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा २५.१ ओभरमा पूरा गर्‍यो।

 

नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ७१ रन जोड्ने क्रममा ६१ बलमा १० चौका र १ छक्का हिर्काए।

 

त्यसअघि ओपनर कुशल भुर्तेल २८ बलमा २७ रन जोडेर आउट भएका थिए। यस्तै देव खनाल ४ रन जोडेर आउट भएका थिए। फेरि पनि ब्याटिङमा चुकेका दीपेन्द्रसिंह ऐरीले ३ रन मात्र जोड्न सके। आरिफ शेख पनि १ रनमै आउट भए।

 

उपकप्तान रोहितकुमार पौडेलले नटआउट ३४ रन जोडे। उनले ३१ बलमा ५ चौका हिर्काए।

 

बलिङमा स्कटल्यान्डका गाबिन मेनले ३ विकेट लिन सफल भए।

 

ग्लास्गोमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम स्कटल्यान्ड ४२।५ ओभरमा १४४ रनमा अलआउट भयो।

 

स्कटल्यान्डका लागि गाबिन मेनले अर्धशतक प्रहार गरे। टिमका लागि सबैभन्दा बढी रन जोडेका उनले नटआउट ६४ रन जोडे।

 

मेन र हम्जा ताहिरले अन्तिम विकेटका लागि १३.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।

 

मार्क वाटले १७ रन, सफयन शरिफ १६ रन र म्याकलियोर्डले १३ रन जोडे। अरू ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

 

ओपनर केल कोइट्जर ६ रनमा सोमपाल कामीको बलमा र म्याथ्यु क्रस २ रनमा करण केसीको बलमा क्याच भएका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x