महिलाहरु किन बढी उमेरका पुरुष मन पराउँछन्?(यस्तो छ कारण)

19.2K
shares
Nabil bank

काठमाडौं। भनिन्छ, माया कुनैपनि समय कसैसँग पनि बस्न सक्छ। पछिल्ला दिनहरुमा भारतमा अभिनेत्री सुस्मिता सेन र ललित मोदीबीचको प्रेमबारे खुबै चर्चा चुलिएको छ।

५८ वर्षका ललित र ४६ वर्षकी सुस्मिताको प्रेम सार्वजनिक भएपछि यतिबेला सुस्मिता ट्रोलको शिकार पनि बनेकी छिन्।

उनलाई गोल्ड डिगर अर्थात् धनीसँग माया गर्ने महिला पनि भन्न थालिएको छ। मोदी इन्डियन प्रिमियर लिगका प्रथम अध्यक्ष हुन् र उनी कहलिएका व्यापारी हुन्।

आफूभन्दा १२ वर्षले जेष्ठ मोदीसँग सुस्मिताले किन प्रेम सम्बन्ध गाँसेका होलान भनेर पनि मानिसहरुले प्रश्न गरिरहेका छन्।

तर विश्वभर महिलाहरुले आफूभन्दा जेष्ठ पुरुषसँग नै विवाह गरेको अधिकाँश ठाउँमा देख्न सकिन्छ।

आखिर किन महिलाहरु बढी उमेरका पुरुषसँग प्रेम गर्न चाहन्छन् र घरजम गर्न चाहन्छन्? यसका केही कारणहरु छन्।

उमेर बढ्दै जाँदा पुरुषहरु परिपक्व र समझदार हुँदै जान्छन्। महिलाहरु पुरुषको परिपक्वता ज्यादै मन पराउँछन्। त्यसैकारण उनीहरु आफूभन्दा उमेरले बढी परिपक्व पुरुषसँग प्रेम गर्न रुचाउँछन्।

महिलाहरु परिपक्व पुरुष भए आफूहरु उनीहरुसँग सुरक्षित हुन्छौं भन्ने सोच्छन्। विभिन्न अनुसन्धानले यो देखाएका छन् महिलाहरु जेष्ठ पुरुष नै विवाह गर्न र डेट गर्न रुचाउँछन्।

त्यस्ता पुरुषले जीवनलाई राम्रोसँग चलाउन सक्ने र सही फैसला गर्नसक्ने महिलाहरुको धारणा छ। धेरै उमेर भएका पुरुष र परिपक्व पुरुष महिला अगाडि आत्मविश्वासका साथ प्रस्तुत हुँदा पनि महिलाहरु उमेरले बढी पुरुषसँग आकर्षित हुने गर्दछन्।

 

अनुसन्धानले यो पनि देखाएका छन् कि बढी उमेरका पुरुषले प्रेमी या श्रीमतीको हेरचाह मज्जाले गर्दछन्। त्यसो त परिपक्व पुरुषहरु आर्थिक रुपमा आत्मनिर्भर पनि हुन्छन् र महिलाको चाहनलाई पूर्ति गर्न सक्षम पनि हुन्छन्। जी न्युज

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x