पशुपति र सरस्वतीको नयाँ तीजगीत ‘मन भयो दोधार’ (भिडियो सहित)

2.1K
shares

काठमाडौंl बहुचर्चित गीत ‘भिर्नी झोलामा’की गायिका सरस्वती लामिछानेको नयाँ तीजगीत सर्वाजनिक भएको छ ।

‘मन भयो दोधार’ बोलको गीतको म्युजिक भिडियो गायिका लामिछानेको आधिकारिक युट्युब च्यानल सरस्वती लामिछानेमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायिका लामिछानेलाई चर्चित गायक पशुपति शर्माले साथ दिएका छन् । शिव अँखेलीको शब्द र संगीत रहेको गीतको एरेन्ज एचबीएन किस्मतले गरेका हुन् । गीतमा ग्रामीण जीवन श्रीमान–श्रीमतीबीचको मायाप्रेम, झगडा त्यसले परिवारमा पारेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोमा लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको भिडियो छायाँकन अजय रेग्मी, कोरियोग्रनफी प्रशान्त मगर र सम्पादन विकास ज्ञवालीले गरेका छन् ।

 

‘ढाँचा प¥यो नभने’, ‘मुन्छे झिल्के–झल्के’, ‘बतासे पानी’, ‘आउने जाने बसैको भाडा तिरम्ला’, ‘आमा’, ‘भिनी झोलामा’, ‘चढ्यो चढ्यो जवानी’ जस्ता सफल गीतकी गायिका लामिछानेले आफ्नो पछिल्लो गीत पनि सफल हुनेमा आफूँ ढुक्क रहेको बताइन् ।

 

‘मलाई दर्शक स्रोताले पहिलेदेखि नै माया गर्दै आउनु भएको छ, मेरा गीतहरु रुचाइदिनुभएको छ’, उनले भनिन्, ‘यो गीत पनि रुचाइीदनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ उनले यो गीतले भिर्नी झोलामा जत्तिकै दर्शक, स्रोताको माया पाउने बताइन् ।

 

civil hospital
Hams Hospitals