भारतीय भूमिमा साम्बाको ५ गोल

15.6K
shares
Nabil bank

काठमाण्डौँ । चोटपछि खेलमा फर्किएकी महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले भारतीय भूमिमा पाँच गोल गरेकी छन् । सम्बाप्रेििरत खेलमा गोकुलम केरेला एफसीले भारतको केरेला महिला लिगमा सानदार सुरुवात गरेको छ ।

बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई ११–० ले हराउँदा सावित्राले ५ गोल गरेकी थिइन् । उनले दुई गोलमा एसिस्ट पनि गरिन् । पहिलो हाफमा नै ह्याट्रिक गरेकी उनले अन्तिम समयसम्म गोल संख्या ५ पुर्याइन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो। सावित्राले टोलीको लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं गोल गरेकी थिइन् । सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान १ गोल गरे । सावित्रा प्लेयर अफ दी म्याच चुनिएकी चुनिइन् ।

गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने छ । त्यसैका लागि सावित्रा गत साता भारत गएकी थिइन् । दुई वर्ष अघि पनि गोलकुलमबाट खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी थिइन् । उनले त्यति बेला १६ गोल गरेकी थिइन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x