केन्याविरुद्ध नेपाल चार विकेटले विजयी

12.2K
shares
Nabil bank

केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी भएको छ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो।

केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा गर्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए।

यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए।

रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए। आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी छ रनमा आउट भए। आरिफ शेख चार रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे।

 

केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई/दुई विकेट लिए भने इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले एक/एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो।

 

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले। पटेलले अविजित रहँदै ७३ रन बनाए। यस्तै ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे। कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदीप सिंहले आठ रन जोडे। नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले एक/एक विकेट लिए।

 

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ। यसअघिको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो। दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो। अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x