सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी
वि.सं.२०७९ असोज २ आइतवार
10.9K
shares
shares
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने प्रहरीले इन्टरपोलको सहयोग लिने भएको छ।
बलात्कारको उजुरी पर्दा क्यारेबियन मुलकमा रहेका सन्दीपले चाँडै आएर अनुसन्धानमा सघाउछु भन्दै प्रहरीलाई आश्वासन दिएका थिए। उनले आफै आउछु भनेपछि त्रिभुवन विमानस्थलमा प्रहरी प्रकाउका लागि तयारी अवस्थामा बसेको छ।
तर, चाँडै आउछु भनेका सन्दीप पछिल्लो समय सिंगापुर पुगेको खबर छ। आउँदैछु भनेर ढाँटेपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ।
नेपाल प्रहरीका एक अधिकारीले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
Subscribe
0 Comments
Oldest






























