ऐतिहासिक चलचित्र ‘नालापानी’को दमदार टिजर सार्वजनिक, विरताको कथा (भिडिओ)

26.7K
shares
Nabil bank

काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको टिजर सार्वजनिक गरिएको हो। १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ। टिजरमा ब्याकग्राउण्ड स्कोर र युद्धका सिन जबर्जस्त छ।

रिमेश अधिकारी निर्देशित फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो।

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’ को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।

प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा। डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा। डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटकपटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x