‘हे मेरी आमा’ बोलको गीत बजारमा…

वि.सं.२०७९ असोज १० सोमवार

काठमाडौं । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे
मेरी आमा’ बोलको गीत बजारमा आएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण
रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत
संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन ।
गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन । निशल
पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा
चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन । बाल कलाकार रिसभ
स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

वि.सं.२०७९ असोज १० सोमवार २२:३६