सन्दीप भन्छन्ः पाँच दिनभित्र नेपाल फर्किन्छु र आत्मसमर्पण गर्छु, म निर्दोष हुँ!

Ghorahi cement

काठमाडौं। नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले आफूू आगामी पाँच दिनभित्र अक्टोबर ६ मा नेपाल फर्किने बताएका छन्।

नाबालिगमाथि बलात्कार गरेको आरोपसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका छन्।

उनलाई नेपालमा पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ भने उनलाई पक्राउ गर्न इन्टरपोलको पनि सहायता लिइएको छ।

यस क्रममा सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप झुुठो भएको र आफूले नेपालमा आएर प्रहरीलाई आत्मसमर्पण गर्ने बताएका हुन्।

उनले आफू निर्दोष भएको र कानुनी लडाइँ लड्ने बताएका छन्। आफूू निर्दोष भएको र फसाउने प्रयास भइरहेको उनको भनाइ छ।

Shangri-la Development Bank Ltd.
Nepali patro