एसियन कप छनोट : आज थाइल्याण्डसँग खेल्दै नेपाल

11.6K
shares
Nabil bank

काठमाडौँ । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । भियतनामको फु थो मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डसँग जितकै लागि खेल्ने बताएका छन् । छनोटका लागि नेपाली टोली सोमवार भियतनाम पुगेको थियो ।

छनोटमा नेपाल समूह एफमा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x