ह्वाट्सएपको सेवा संसारभर अवरुद्ध

काठमाडौं।सामाजिक सञ्जाल ह्वाट्सएपको सेवा विश्वभर अवरुद्ध भएको छ । ह्वाट्सएप सञ्चालक कम्पनी मेटाले अवरुद्ध सेवामा देखिएको समस्यालाई यथासक्य छिटो समाधान गर्ने काम भइरहेको जनाएको छ ।

आज बिहानदेखि संसारभर ह्वाट्सएपमा समस्या देखिएको छ । लाखौं म्यासेज अवरुद्ध भएपछि ह्वाट्सएपले औपचारिक रुपमा समस्या देखिएको बताएको छ ।

ह्वाट्सएप प्रयोग गर्नेको संख्या विश्वभर झण्डै दुई अर्ब रहेको जानकारी दिइएको छ । अघिल्लो वर्ष पनि ह्वाट्सएपको सेवा झण्डै छ घण्टा अवरुद्ध भएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro