टी ट्वान्टी विश्वकप: अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित

Ghorahi cement

काठमाडौं । अलराउन्डर मार्कस स्टोइनिसको विष्फोटक ब्याटिङमा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आयोजक टोली अस्ट्रेलियाले पहिलो जित निकालेको छ । मंगलबार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

अष्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले १८ बलमा ४ चौका र ६ छक्कासहित ५८ रनको विष्फोटक ब्याटिङ गरे । कप्तान आरोन फिन्च ४२ बलमा १ छक्कासहित ३१ रन बनाए ।

 

ओपनर डेविड वार्नर स्पिनर महेथ थिक्सनाको बलमा कप्तान दाशुन शनकाबाट ११ रनमा क्याच आउट भए । मिचेल मार्शले हसरंगाबाट १८ रनमा क्याच आउट भए ।

 

श्रीलंकाका स्पिनर महेश थिक्सना, धनन्जय डि सिल्भा र चामिका करुणारत्नले एक-एक विकेट लिए ।

 

यसअघि टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेकाे थियाे ।

 

श्रीलंकाका ओपनर पथुम निसांकाले सबैभन्दा धेरै ४० रन बनाए । चरिथ असलंकाले ३८ रन बनाउँदा धनञ्जय डी सिल्भाले २६ र चमिका करुणारत्नेले १४ रन जोडे । यसबाहेक श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

अस्ट्रेलियाका जस हेजलवुड, प्याट कुमिन्स, मिचेल स्टार्क, एस्टोन अगर र ग्लेन म्याक्सवेलले समान एक-एक विकेट लिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro