सन्दीप लामिछानेको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

11.8K
shares
Nabil bank

काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु हुँदै छ ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाइएको बयान दिएको सन्दीप पक्षका वकिलहरूको भनाइ थियो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

 

सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

 

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x