यूएईलाई नेपालले ६ विकेटले हरायो

12.5K
shares
Nabil bank

आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ। नेपालले १ सय ७७ रनको लक्ष्य ४०।१ ओभरमा पुरा गर्‍यो।

 

नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो। यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो।

 

 

अर्जुन साउद ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रन जोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो साझेदारी हो । मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए।

 

ज्ञानेन्द्र ६३ रन बनाई आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । गत वर्ष मस्कटमा ओमानविरुद्ध अविजित ५२ रन बनाएयता यो उनको पहिलो अर्धशतक हो । आयन खानको बलमा एलबीडब्लु आउट हुनु अघि उनले ७३ बल खेली ७ चौका र ३ छक्का प्रहार गरे।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x