राजुको टिमका करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि

काठमाडौँ । राजुको टिमका करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि जितेका छन् ।

शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेको आयोजकले घोषणा गरेका छन् । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।

टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।

दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार पाएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro