साम कन इन्डियन प्रिमियर लिग आईपीएलका सबैभन्दा महंगा खेलाडी

Ghorahi cement

काठमाडौं । इङ्गल्याण्डका अलराउन्डर साम कन इन्डियन प्रिमियर लिग आईपीएलका सबैभन्दा महंगा खेलाडी बनेका छन् । शुक्रबार कोच्चीमा भएको मिनी अक्सनमा २४ वर्षीय करन १८.५० भारतीय रुपैयाँमा पञ्जाब किंग्समा बिक्री भएका हुन् । उनले यसअघिका महंगा खेलाडी दक्षिण अफ्रिकाका क्रिस मोरिसको रेकर्ड तोडेका हुन् । मोरिसको नाममा १६.२५ करोड भारु रहेको थियो ।

करन इङ्गल्याण्डलाई टी–२० विश्वकप जिताउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए ।

त्यस्तै अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरुन ग्रिनले १७.५० करोड भारु पाएका छन् । उनलाई मुम्बई इन्डियन्सले किनेको हो ।

त्यस्तै विकेटकिपरका रुपमा वेष्ट इन्डिजका निकोलस पुरन सर्वाधिक महंगा भएका छन् । उनलाई लखनउ सुपर जाइन्टसले १६ करोडमा किनेको छ । यसअघि यो रेकर्ड मुम्बई इन्डियन्सका ईशान किशनको नाममा १५.२५ करोडको रहेको थियो ।

त्यस्तै इङ्गल्याण्डका अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६.२५ करोडमा किनेको छ । पहिलो पटक आईपीएल अक्सनमा समावेश भएका ह्यारी ब्रुकलाई सनराइजर्स हैदराबादले १३.२५ करोडमा किनेको छ ।

सनराइजर्सले मायांक अग्रवाललाई ८.२५ करोडमा किनेको छ । केन विलियमसन मात्र २ करोडमा बिकेका छन् ।

यसपालि इङ्गल्याण्डका जो रुट, दक्षिण अफ्रिकाका राइली रुसो र बंगलादेशी अलराउन्डर शकिब अल हसन बिकेनन् । त्यस्तै अष्ट्रेलियाका एजम जम्पा पनि बिकेनन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro